अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

कोरोना पोजेटिभ भए पनि लक्षण नदेखिएका मानिसबाट संक्रमण फैलिँदैन – डब्लुएचओ

बिआरटीनेपाल २०७७ जेठ २७ गते २१:५६ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका मानिसहरुबाट अर्को मानिसहरुमा संक्रमण नसर्ने जनाएको छ ।

कोरोना भाइरसले विश्व प्रभावित भएका बेला स्वास्थ्य संगठनकी आपतकालीन रोग तथा जुनोसिस युनिट प्रमुख डा. मारिया भान क्रेकोभले विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि उसमा चाँडै लक्षण नदेखिने तथा संक्रमण पुष्टि भएको धेरै समयपछि मात्र देखिने स्पष्ट पार्नुभयो ।

उहाँले प्राप्त आंकडा प्रस्तुत गर्दै भन्नुभएको छ , ‘सुरुका दिनका आँकडाले संक्रमितमा कुनै लक्षण नदेखिए पनि कोरोना भाइरस मानिसबाट अर्कोमा सर्ने देखिएको थियो तर लक्षणविहीन संक्रमितबाट भाइरस सरेको प्रमुख माध्यम र कारण नरहेको पाइयो।’ अहिले सम्मको पछिल्लो अध्यायनको स्थितीमा लक्षण नदेखिएका बिरामीबाट अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण नभएको पाइएता पनि यसको अध्ययन अझै आवश्यकता रहेको क्रेकोभको भनाइ छ ।

लक्षणविहीन संक्रमण पुष्टि भएका मुलुकहरु धेरै भएकाले उनीहरुको विस्तृत रिपोर्टसहित कन्ट्र्याक ट्रेसिङको रिपोर्ट हेर्दा त्यस मानिसबाट अर्को मानिसमा कोरोना संक्रमण भएको घटना अति दुर्लभ भएको उहाँले बताउनुभयो । यो सँगै कोरोनाको नियन्त्रणमा विश्वले अलिक फरक ढङ्गबाट कदम चाल्नुपर्ने उहाको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू