अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:४४ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको हो । मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ । कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट ४ हजार ४ सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार ८ सय २२ जनाको नमुना परीक्षण भएको छ ।

अहिले क्वारेन्टाइनमा १ लाख ७२ हजार २ सय ६६ जना बसेका छन् भने ३ हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू