अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

बेलायती कम्पनी एस्ट्राजेनेकाले थाल्यो कोभिड–१९ को खोपको उत्पादन

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५८ मा प्रकाशित

बेलायती औषधि उत्पादन कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थालेको जनाएको छ । ब्रिटिश औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड –१९ को रोकथामका लागि तयार पारिएको सम्भावित खोपको उत्पादन शुरु गरेको हो । यद्यपि, यो खोप अहिलसम्म पहिलो चरणको परीक्षणमा मात्र सफल भएको हो । कम्पनीले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकसँग मिलेर यस खोपको विकास गरेका हुन् ।

कम्पनीका मालिक पास्कल सोरिअटले बीबीसीसँग भनेका छन्, ‘यो खोप सबै परीक्षणमा सफल हुने वित्तिकै माग धेरै नै बढ्ने र आपूर्ति सहज होस् भन्नका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।’

दुई अरबभन्दा बढी डोजका खोप आपूर्तिको लागि आफूहरु सक्षम रहेको पनि एस्ट्राजेनेका कम्पनीले जनाएको छ । खोपको प्रभाव पुष्टि नभए यसले पार्ने आर्थिक असरबारे आफूहरुलाई राम्रै जानकारी रहेको पनि सोरिअटले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू