अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

अनेसास, कोलोराडो च्याप्टरको विधान संशोधन समिति गठन

बिआरटीनेपाल २०७७ जेठ १९ गते १५:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो च्याप्टरको विधान २०१२ मा समयसापेक्ष संशोधन गर्नको निमित्त च्याप्टरको कार्यकारिणी समितिको बैठकले निर्णय गरी एक विधान संशोधन समिति गठन गरिएको छ । समितिको संयोजकमा अनेसास, बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष पदम विश्वकर्मा रहनुभएको छ भने सदस्यहरूमा रमेश गुरुङ, श्याम श्रेष्ठ, विजयदेव अधिकारी र राजु सिटौला रहनुभएको छ ।

समितिलाई विधान संशोधनको मस्यौदा कार्यकारिणी समितिलाई बुझाउन २०२० अगस्त १५ सम्मको समय सीमा तोकिएको छ । बिआरटिनेपाललाई दिइएको जानकारी अनुसार विधान संशोधन समितिले संशोधनको मस्यौदा बुझाएपछि त्यसलाई राय सल्लाहको लागि सल्लाहकार समितिमा पठाइनेछ र तत्पश्चात् आजीवन सदस्यहरूको भोटिङद्वारा संशोधनलाई पारित गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू