अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले न्युयोर्कमा सातौँ पटक खाना वितरण गर्यो

बिआरटीनेपाल २०७७ जेठ १४ गते १०:४२ मा प्रकाशित

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोसिलो खानामा पहुँच दिलाउने उद्देश्यले निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सातौँ पटक मङ्गलवार, २६ मई ४ बजे बेलुका भव्यताका साथ सम्पन्न गर्‍यो । न्यु-योर्क सहरको ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्ससँग सहकार्य गरी द क्याम्पेन एगेन्स्ट हङ्गरद्वारा, निःशुल्क वितरण फाउण्डेशनको कार्यालय अगाडिबाट गरियो । कार्यालय न्यु-योर्कको ज्याक्सन हाईट्समा अवस्थित छ ।

प्रेसिडेन्ट एरिक अडाम्सले यसै फाउन्डेसनलाई २५० ब्याग स्वस्थ खानेकुरा(Dry Foods)सहयोग स्वरूप प्रधान गर्नु भएको थियो र खाद्य सामग्रीहरू वितरण लाइन अनुसार क्रमशः ६ फिटको दुरीमा लाइन लागेर प्रथम प्रथमतःका आधारमा नेपाली लगायत विभिन्न समुदायका मानिसहरूलाई वितरण गरेको जानकारी गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गराउनु भयो ।

१५० ब्याग स्वस्थ खानेकुरा कार्यालय अगाडि बाडीं सकेर, रहेको १०० ब्याग रिजहुड (क्वीन्स र ब्रुक्लीन कै बोर्डर) मा आजै पुगेर खाद्य सामग्रीहरू वितरण गरियो ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा र नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुबेदी हुनुहुन्थ्यो ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुनेमा क्रमशः रिजहुड नेपाली समाजका पूर्व अध्यक्ष रवि किरण कोइराला, एन.आर.एन.आई.सी.सी.सदस्य प्रमोद सिटौला, नेजससअ-न्युयोर्कका पूर्व संयोजक विनोद सुबेदी, ने.वि. सघं अमेरिकाका पूर्व अध्यक्ष प्रभात सापकोटा, यु.एन.आई ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त हुनुहुन्थ्यो ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडामलाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ ।

प्रतिक्रिया