अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

सरकार बजेट बनाउने चटारोमा

बिआरटीनेपाल २०७७ जेठ ८ गते २२:०९ मा प्रकाशित

नीति तथा कार्यक्रम पारित भएपछि सरकार बजेट बनाउने चटारोमा छ । बिभिन्न सरोकारवाला संघसंस्था वा व्यक्तिहरुले पनि सरकारलाई आउँदो बजेटको प्राथामिकतामा सुझाव दिइरहेका छन् । प्रतिनिधिसभाको अर्थ समितिले ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको छ । समितिले सरोकारवालासँगको छलफलपछि बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।

अर्थ समितिले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको आकार चालु आर्थिक वर्षको अनुमानित कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हाराहारी ल्याउन सुझाव दिएको हो । राष्ट्रिय तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्ष २०७६÷७७ मा कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।

अर्थ समितिको सुझाव अनुसार बजेट बन्यो भने १६ खर्ब ९५ अर्ब रुपैयाँ हाराहारी आकारको बजेट आउनेछ । कोभिड १९ ले प्रभावित भएका उद्योग, व्यवसाय, श्रमिकलगायत क्षेत्रलाई राहत दिनुपर्ने र अर्थतन्त्रलाई समेत गतिशिल बनाउनु पर्ने भएका कारण फराकिलो बजेट आउनुपर्ने अर्थ समितिको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू