अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

सरकारको आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित

बिआरटीनेपाल २०७७ जेठ ६ गते ७:२४ मा प्रकाशित

सरकारको आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट आज पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो ।

नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएसँगै बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रमप्रति चित्त नबुझेको भन्दै दर्ता गराइएका संशोधन प्रस्तावहरू भने फिर्ता भएनन् । ध्वनि मतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू