अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

ओस्कार अवार्ड समारोह स्थगित

बिआरटीनेपाल २०७७ वैशाख ३१ गते ७:५८ मा प्रकाशित

सन् १९२९ देखि सुरु भएको ओस्कार अवार्ड सेरेमोनी लकडाउनका कारण ईतिहाँसमा पहिलो पटक स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड १९)ले विरश्वभर महामारीको रुप लिएपछि ओस्कार अवार्ड सेरेमोनी यो पटक ओस्कार अवार्ड स्थगित गरिएको हो। यो पटक लकडाउनका कारण कतिपय फिल्म समेत रिलिज हुन पाएनन् भने नोमिनेशनको लागि पर्याप्त एन्ट्री समेत भएन ।

लिजाहामा २८ फेब्रुअरी २०२१ मा हुने उक्त ओस्कार अवार्ड पुरस्कार समारोह अब चार महिना स्थगित गरिएको हो। ओस्कारका लागि मार्च अप्रिलमै प्रक्रिया सुरु हुन्छ । नोभेम्बर तथा डिसेम्बरको बीचमा नोमिनेशनको सर्ट लिस्ट निकालिन्छ । जुरी मेम्बर जनवरीमा भोट गर्छन्। तर यी सबै प्रक्रियाहरु लकडाउनको कारण हुन नपाएपछि सबै काम प्रभावित भएको हो।

यसैबीच, लकडाउनले बोण्ड सिरिजको नो टाइम टू टाइ, टप गन मेवरिक, मुलन तथा ब्याल्क विडो लगायत ठूलो पर्दाका फिल्मको प्रदर्शन मिति समेत सारिएको छ। पछिल्लो महिना ओस्कार एकाडेमीले ओस्कार सेड्युलमा पनि केही सुविधा दिएको थियो। जसमा भनिएको थियो की यो वर्ष प्रदर्शन भइसकेको फिल्मले सन् २०२२ सम्म नोमिनेशन दिन सक्नेछन्। त्यही भएर यो वर्ष नभए पनि अर्को वर्षसम्म प्रदर्शन र नोमिनेशन गर्न पाइने बताईएको थियो । तर कोरोनाले असर गरे पनि मेकर्स इन फिल्म ओस्कारमा संलग्न हुन पाउनेछन्।

यता, ओस्कार एकेडेमीले हामारीलाई मध्यनजर राख्दै केही नियमलाई समेत परिवर्तन गरेको छ। तर यो भने स्थायी होइन। तर यो नियम मात्र यो वर्ष रिलिज हुने फिल्ममा लागू हुनेछ। साथै एकेडेमीले नोमिनेशनको क्याटेगोरी घटाएर २३ मा सीमित गरेको छ।

प्रतिक्रिया