अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

अमेरिकामा अगस्तको शुरुवात सम्ममा १ लाख ४७ हजारको मृत्यु हुनसक्ने

बिआरटीनेपाल २०७७ वैशाख ३० गते २१:५० मा प्रकाशित

अमेरिकामा आगामी अगस्त महिनाको शुरुवातसम्ममा एक लाख ४७ हजार मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ । ूनिभर्सिटी अफ वाशिंगटन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसन (आईएचएमई) ले कोरोना संक्रमणका कारण अगस्तको शुरुवातसम्ममा मृत्यु हुनेको संख्या एक ला ४७ हजार नाघ्ने जनाएको हो ।

आईएचएमईको मंगलवार सार्वजनिक प्रतिवेदनका अनुसार अमरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको पूर्व अनुमानमा यो १० हजारले बढी हो ।यसैगरी अनुसन्धानकर्ताहरुले संक्रमण रोक्नका लागि गरिएको लकडाउनलाई खेलाँची गर्दा खतरा झन् बढ्ने चेतावनी पनि दिएका छन् ।

अमेरिकामा अहिलेसम्म ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो प्रतिवेदनले पनि अमेरिकामा संकट झन् गहिरिँदो देखाउँदै छ । यसअघि अमेरिकी राष्ट्रपतिका प्रमुख स्वास्थ्य सल्लाहकारले पनि लकडाउन खोल्नु हतार हुन र यसले ठूलो जोखिम निम्त्याउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया