अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्न सफल

बिआरटीनेपाल २०७७ वैशाख २८ गते १९:४८ मा प्रकाशित

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्न सफल भएका छन् । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको आईतवारको प्रतिष्पर्धामार्फत उनी उपाधि यात्रामा अझ अगाडि बढेका हुन् ।

प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा अर्थर गनको नामले प्रतिस्पर्धा गरिरहेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि अमेरिकन आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबीसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । प्रशारणको केही समयमै अमेरिकन आइडलको युट्युब च्यानलमा पनि प्रस्तुती हेर्न सकिन्छ ।

अमेरिकन आइडलको जारी १८ औं शृंखलाको निर्णायकमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची छन् । निर्णायकले दिवेशलाई भविश्यको तारा भन्दै आएका छन् ।

काठमाडौँ का गायक पोखरेल सन् २०१३ मा अमेरिका आएका हुन् । यसअघि उनले कर्णाली, प्रलय ए, न्यानो घर, मन, समुन्द्र पारि र प्रलय बीजस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

उनलाई अघिल्लो चरणमा प्रवेशका लागि अब फेरी विभिन्न माध्यमबाट भोट दिन सकिने छ । भोट दिने तरिका:


प्रतिक्रिया