अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

अनेसास पोर्चुगलले रच्यो ईतिहास

बिआरटीनेपाल २०७७ वैशाख १९ गते १९:१९ मा प्रकाशित

२०१८-२०२० का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले सचिव पदमा मनोनीत गरेका स्पन्दन विनोदको वर्चस्व परदेशमा नेपाली भाषा साहित्यमा प्रगाढ रहेको छ । के वर्षा, के पानी, के चाड, के परिवार, सबै छोडेर नेपाली भाषा, कला र साहित्यका लागि दिन रात खुट्टिएका भक्तपुर दधिकोटमा नारायण प्रसाद धिमाल र सरस्वती धिमालका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका स्पन्दन विनोदले अनेसासको इतिहास रचेका छन् । यौटै कार्यकालमा सचिव हुँदै महासचिव भएर अध्यक्ष समेत भएका छन् । सबैले मन पराउने छवि र कार्य कुशलता एवम् प्रखर साहित्यिक सक्रियताका कारण स्पन्दन विनोदले यो सफलता हासिल गर्न सक्षम रहेको संस्थाका वरिष्ठ सल्लाहकार सुनिल सङ्गमको भनाई छ ।

युरोपको अन्तिम बिन्दुमा आफ्ना दुई गजल सङ्ग्रह एकै चोटि विमोचन गर्ने प्रथम नेपाली स्पन्दन विनोदको नेपाली साहित्य प्रतिको अति लगाव प्रदेशमा अन्य कुनै सर्जकमा नदेखिएको अनेसास पोर्चुगलका अध्यक्ष वाई बि गुरुङले बताउनु भयो । अनेसास पोर्चुगलको ९ औ अधिवेशनका निर्वाचन संयोजक एन आर एन ए पोर्चुगलका आइसिसी सदस्य रविन अधिकारी क्षेत्री ले सर्वसम्मत रूपमा निर्वाचितहरूको नाम सार्वजनिक गर्नु भएको थियो। लक डाउनको बेला पोर्चुगलको सरकारले घोषणा गरेको सामाजिक दुरी अवलम्बन गरी उक्त अधिवेशन गरिएको थियो। लक डाउन सकिए लगत्तै सार्वजनिक कार्यक्रम गरी पुरानो कार्यसमितिको बिदाइ तथा नयाँ कार्यसमितिलाई प्रमाण पत्र दिने कार्यक्रम सञ्चालक स्पन्दन विनोदले बताए। अनेसास पोर्चुगलको नव कार्यकाल २०२०-२०२२ अहिले सम्मकै उत्कृष्ट हुने अनुमान गरिएको छ।

संरक्षक:
पोर्चुगलका लागि अवैतानिक बाणिज्य दूत मकर हमाल
सल्लाहकार:
सुनिल सङ्गम, उपाध्यक्ष अनेसास केन्द्र
रविन अधिकारी, ICC सदस्य, एनआरएनए पोर्चुगल
नारायण काजी मगर, ICC सदस्य, एनआरएनए पोर्चुगल
तिलक गैरे,अध्यक्ष , एनआरएनए पोर्चुगल
वाई बि गुरुङ, निवर्तमान अध्यक्ष, अनेसास पोर्चुगल

अध्यक्ष: स्पन्दन विनोद
व. उपाध्यक्ष: बद्री बाबु पोखरेल
उपाध्यक्ष: सवी श्रेष्ठ
उपाध्यक्ष: विशेष अत्रेय

महासचिव: अर्जुन बाराहाली
सचिव: शम्भु सिलवाल

कोषाध्यक्ष: विजय गुरुङ
सह- कोषाध्यक्ष: विमला (बिध्या )आचार्य
सदस्य: यादव देवकोटा
सदस्य: अरुण भेटवाल
सदस्य: सागर साह
सदस्य: नवीन पाण्डे
सदस्य: रमेश भट्टराई
सदस्य: शान्ति अर्याल
सदस्य: ऋतु पाख्रिन तामाङ
सदस्य: दिव्यकान्त उप्रेती
सदस्य: सोम अनुराग बस्नेत
सदस्य: स्मिता सत्याल
सदस्य: किरण लिम्बू

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू