अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

टोकियो ओलम्पिक नयाँ मितिमा पनि नभए रद्द गरिने

बिआरटीनेपाल २०७७ वैशाख १६ गते २२:०४ मा प्रकाशित

टोकियो ओलम्पिक गेम्सका आयोजकहरुले नयाँ मितिमा पनि ओलम्पिक आयोजना गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने बताएका छन् ।कोरोना भाईरसको महामारीले एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक गेम्स २०२१ मा पनि गर्न नसकिऐ प्रतियोगिता नैं रद्द गरिने दावी आयोजक जापानले गरेको हो ।

टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताएका हुन् ।विश्व खेलकुदको सर्वोच्च प्रतियोगिता ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको हो ।अध्यक्ष मोरीले कोरोनालाई जितेर ओलम्पिकको आयोजना गर्न सफल हुनेमा जापान विश्वस्त रहेको समेत बताए । २०२१ मा आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू