अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो, ९ जना उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख ९ गते ७:१० मा प्रकाशित

नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । थप दुई जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैबीच, आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार सनसिटी अस्पतालका ५८ बर्षका छोरा र ८१ बर्षीया आमा निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । यो सँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ । हिजो सम्म ७ जना सङ्क्रमित निको भइसकेका थिए ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा आरडीटी अर्थात दु्रत विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन् । दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षण गरिएको जनाईएको छ । मुलुकभर कोरोना संक्रमणको आशंकामा १० हजार ५ सय ७३ जना क्वारेन्टिनमा रहेका भने आईसोलेसनमा रहनेको संख्या ८६ रहेको छ । यसैगरी २ सय ७८ जना संक्रमणको रेडजोनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू