अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

कोरोना (कोभिड–१९) का कारण विश्वभर १ लाख ५५ हजार १ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख ५ गते २१:५२ मा प्रकाशित

 ५ लाख ८१ हजार ९ सय उपचारपछि निको, २२ लाख ६७ हजार ८ सय ५४ जनामा संक्रमण
विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार १ सय नाघेको छ । अहिले सम्म संक्रमणका कारण १ लाख ५५ हजार १ सय ८५ जनाको ज्यान गएको हो । कोरोना संक्रमण पछि उपचार भएर ५ लाख ८१ हजार ९ सय १५ जना निको भएका छन्। संसारभर कोरोनाबाट २२ लाख ६७ हजार ८ सय ५४ जना संक्रमित भएका छन् ।

बल्र्डोमिटर्सले जनाएअनुसार शनिवार साँझ सम्म कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ३७ हजार १ सय ७५ जनाको ज्यान गएको छ भने ७ लाख १० हजार २ सय ७२ जनामा संक्रमण भेटिएको छ । इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ४ सय ३४ जना संक्रमित भएका छन् । स्पेनमा २० हजार २ जनाको ज्यान जाँदा १ लाख ९१ हजार ७ सय २६ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १८ हजार ६ सय ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ४७ हजार ९ सय ६९ जनामा संक्रमण फेला परेको छ । बेलायतमा १४ हजार ५ सय ७६ जनाको ज्यान गएको छ र १ लाख ८ हजार ६ सय ९२ जनामा संक्रमण देखिएको छ । इरानमा ५ हजार ३१ र चीनमा ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा ४ हजार ३ सय ६२ र बेल्जियममा ५ हजार ४ सय ५३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी ४ सय ८८ जनाको ज्यान गएको छ भने १४ हजार ७ सय ९२ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा १ सय ४३ जनाको ज्यान जाँदा ७ हजार ४ सय ८१ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

बंगलादेशमा ८४ , अफगानिस्तानमा ३०, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा ३४, नेपालमा ३० र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ । सार्कका यी ३ देशमा संक्रमणकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू