अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा नेपालसहितको ऋण भुक्तानीको समयावधि ६ महिना थप

बिआरटीनेपाल २०७७ वैशाख २ गते ७:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वका अतिनिर्धन एवं जोखिममा रहेका नेपालसहित विश्वका २५ ओटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि ६ महिना बढाएको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत् मुलुकहरुका लागि उक्त कदम चाल्नुपरेको कोषले जनाएको छ ।

कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गरेको विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपालसहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ ओटा मुलुक रहेको उल्लेख छ । मुद्रा कोषको ऋण सहायता प्राप्त गर्ने १९ ओटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससमेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू