अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परिक्षण गरिने

बिआरटीनेपाल २०७६ चैत २५ गते ८:१७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत लागेपछि विदेशबाट आकएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने बताएको छ ।मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिंदै चैत लागेपछि विदेशबाट आएका सवै, कैलाली, कञ्चनपुर र बाग्लुङ्का कोरोना संक्रमितहरुका आफन्त तथा उनीहरुको सम्र्पकमा आएका सबैको परिक्षणका लागि टोली खटाएको जानकारी दिनुभयो ।

उनीहरुको आरडिटि प्रविधिबाट परिक्षण गर्ने र त्यसमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गरिने उहाको भनाई छ ।यस्तै खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना संक्रमण नदेखिएको भन्दै डा. देवकोटाले हाल देशभर १ सय १३ जना आइसोलेसन कक्षमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू