अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

कोरोना भाइरसका कारण अमेरिकामा ६६ लाख मानिस बेरोजगार

बिआरटीनेपाल २०७६ चैत २० गते ८:३६ मा प्रकाशित

अमेरिकामा बढ्दो कोरोना भाइरसको महामारीका कारण त्यहाँका ६६ लाख मानिस बेरोजगार बनेका छन्। गत साता यो संख्या ३३ लाख थियो।

अमेरिकामा हालसम्म २ लाख १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँच हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। बिहीबार मात्र अमेरिकामा १ हजारभन्दा बढीले ज्यान गुमाएका थिए।

कनेक्टिकट प्रान्तका गर्भनर एन्ड्रियु कोमोले त्यहाँकी ६ हप्ते शिशुको ज्यान गएको बताएका छन्। अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरको भएको बेलायती मिडिया बीबिसीले जनाएको छ।

प्रतिक्रिया