अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

कोरोना संक्रमण; आत्तिनु नपर्ने भयो

डा. रवीन्द्र पाण्डे २०७६ चैत १७ गते २२:५७ मा प्रकाशित

कोरोना सङ्क्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ |

-छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो सङ्ख्यामा किट निर्माण गरिरहेको छ | १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् |
– त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ | चीनले ठुलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ |
-कोरियामा सङ्क्रमितको ग्राफ फ्ल्याट भएको छ | अर्थात् घटिरहेको छ | जापानले सङ्क्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ |
-इजरायलका वैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठुलो प्रगति गरेका छन् |
-चीनमा ८६ वर्षदेखि १०३ वर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् |

-भारतमा पनि ८६ वर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् |
-युरोप र अमेरिकामा निको भएर घर फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ |
-नेपालमा ७ प्रदेशबाट नै कोरोना सङ्क्रमणको परीक्षण भइरहेको छ |
– अहिलेसम्म सङ्क्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ | सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ |
– उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता 95 % बिरामी निको भएर फर्किएका छन् |
– हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचआइभी /एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् | कोरोना संक्रमण नफैलिएको भए पनि उनीहरूमध्ये ५० % को मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो |
हामी नागरिक चेतनशील भएका छौँ | १ महिना यो कहर काट्यौँ भने हामीले कोरोनालाई जित्नेछौँ |

(डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको फेसबुकबाट)

सम्बन्धित सामग्रीहरू