अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

प्रिय सरकार, निर्णय फिर्ता लेऊ

डा. रवीन्द्र पाण्डे २०७७ कार्तिक ८ गते ११:४२ मा प्रकाशित
गरिब जनताले २ हजार रुपैयाँ तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरूलाई संक्रमण भए नभएको थाहा हुँदैन । उनीहरू समाजमा घुलमिल हुन्छन् । त्यसले संक्रमण थप बढाउँछ । गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन् । यो अवस्थाले धेरै नागरिक घरमै गम्भीर हुने वा मृत्यु हुने सम्भावना बढेको छ । अस्पतालले शबलाई नुहाएर, संक्रमणरहित बनाएर, प्लास्टिकमा विधिपूर्वक प्याक गरेर, सेनाले सब व्यवस्थापन गर्दा त ती सेनामा संक्रमण सरेको थियो भने घरमा मृत्यु भएका सङ्क्रमितको सब उठाउन एम्बुलेन्स, शबबाहन, ट्याक्सी वा अन्य साधन आउने छैनन् । घरमा संक्रमणरहित बनाउन असम्भव छ, छिमेकीले सब उठाउन सहयोग नगर्न सक्छन् । त्यो स्थिति कति पीडादायक होला ?
लोक कल्याणकारी राज्य यति क्रूर हुन मिल्दैन । स्वास्थ्य मन्त्रालयले गरेको त्यो निर्मम निर्णय फिर्ता गर्नुको विकल्प छैन । पैसा भएका त प्राइभेटमै गएका छन्, परीक्षण तथा उपचार गर्न पैसा नहुनेले सास्ती भोगेर सरकारी ल्याब तथा अस्पतालमा जाने गर्छन् । अहिलेसम्मको इतिहासमा सरकारी अस्पतालले धरौटी राख्ने, निःशुल्क उपचार नगर्ने, निःशुल्क परीक्षण नगर्ने तथा धरौटी राखेर मात्र खाना पाउने व्यवस्था थिएन ।
त्यसो त कुर्सीमा पुगेपछि आँखामा थ्रिडी चस्मा हुँदो रहेछ । चिनेकालाई पनि बिर्सिने, गुन लगाएकालाई पनि अल्जाइमरको कारण बिर्सिने, नागरिकलाई तल कमिलो जस्तै देख्ने, घमन्डले छाती सगरमाथा बन्ने ।
असक्षम स्वास्थ्य मन्त्री र त्यहाँ रहेको स्वार्थ समूहको कारण दिनप्रतिदिन जनतामा निराशा तथा आक्रोश छाएको छ । यो टिमले काम गर्न सक्दैन भनेर हामीले ६ महिना पहिलेदेखि भन्दै आएका थियौँ । राइट म्यान, राइट प्लेस होस् । जनस्वास्थ्यको मर्म बुझेका डा. महेश मास्के, डा. शरद वन्त, उच्च नैतिकता भएका डा. भगवान् कोइराला र डा. अर्जुन कार्कीजस्ता व्यक्तिलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएमा संक्रमण नियन्त्रण छिटो हुन्छ, भ्रष्ट्राचार तथा अनियमितता नियन्त्रण हुन्छ । त्यसो त कुर्सीमा पुगेपछि आँखामा थ्रिडी चस्मा हुँदो रहेछ । चिनेकालाई पनि बिर्सिने, गुन लगाएकालाई पनि अल्जाइमरको कारण बिर्सिने, नागरिकलाई तल कमिलो जस्तै देख्ने, घमन्डले छाती सगरमाथा बन्ने ।
जनताले पदलाई होइन, कामलाई सम्मान गर्ने हुन् । पहिले को को मन्त्री भए जनतालाई थाहा नै छैन । जसले आफ्नो धरातल, इमान तथा कर्तव्य सम्झेर काम गरे, ती जनताको आँखामा अहिले पनि छन् । काम नगर्ने तर जनताको करबाट विलासी जीवन बिताउनेलाई आम नागरिकले घृणा गर्छन् । १/२ सय चाटुकारले रुखको टुप्पोमा पुर्‍याए भन्दैमा मक्ख नपर्नुहोला । उनीहरूले तपाईँलाई हैन, कुर्सीलाई धुपबत्ती गरेका हुन् । आगे चुनाव छ । किन गतिविधि अलोकप्रिय हुन खोजेको सरकार ? दैनिक नेपालबाट

सम्बन्धित सामग्रीहरू