अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौँ ?

डा. रवीन्द्र पाण्डे २०७६ चैत २० गते ११:१९ मा प्रकाशित

१. हामी सुख दुख सहन अभ्यस्त छौँ | कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जिनमा छ |
२. हामीले दैनिक ताजा खाना खान्छौँ | नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाए पनि ताजा खान्छौँ | फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन |
३. हामी परिश्रमी छौँ | शारीरिक परिश्रम हाम्रो बानी हो |
४. हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेज पात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ |
५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सी पाइन्छ |

६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौँ |
७. हामी नाचगान, हाँसो ठट्टा तथा रमाइलो धेरै गर्छौँ | हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् |
८. भवितव्यमा पनि रमाउने, सहने हाम्रो बानी छ |
९. हामी दैनिक चिया खान्छौँ | चियामा एन्टी अक्सिडेन्ट गुण हुन्छ |
१०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ |

११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौँ | त्यस्तै वासिंग मेसिनको प्रयोग थोरैले गर्छौँ | यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौँ पटक हात धोइरहन्छौ | पानीसँग खेल्ने हाम्रो बानीले कोरोना सङ्क्रमणको चेन ब्रेक गर्दछ |
१२. हामीले खाने चटनी ( गोलभेँडा, भागो, धनियाँ, पदिना, बत्तिलो घिरम्लो,कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भन्टा, तिल, फर्सीको बियाँ आदिको ) र छोप स्वादिलो मात्र हैन, एन्टी सेप्टिक पनि छ |
१३. केराको बुङ्गो, कोइरालाको फूल, काभ्रोको मुना, सजीवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेँडाको भेत्तल आदिको अचार निकै स्वस्थबर्धक हुन्छ |
१४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित छन् |
१५. हामीले पूजा गर्दा थाहा नपाइ मेडिटेसन गरिरहेका हुन्छौँ |

१६. दूध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफूल निकै स्वस्थबर्धक हुन्छन् |
१७. अयला, जाँड, छ्याङ्ग, तोङ्वा, कोदाको ठर्रा, तीन पाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन |
१८. हामीले आफ्नी बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौँ |
१९. हाम्रो खानाको रुटिन निकै वैज्ञानिक छ | बिहानदेखि रातिसम्म धेरै पटक खाना / खाजा खान्छौँ |
२०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वास्थ्यकर छ | हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौँ खाँदैनौँ |

२१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन |
२२. हामीहरू मुख बार्न निकै सिपालु छौँ |
२३. विभिन्न बारमा व्रत बस्ने चलनले पाचन प्रणालीलाई तरो ताजा राख्दछ |
२४. आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ |
२५. तन्त्र, मन्त्र, लागो, धामी झाँक्री आदिको मनोवैज्ञानिक पक्ष आत्मबल वर्धक छ |

(डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको फेसबुकबाट )

सम्बन्धित सामग्रीहरू