अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार सम्पन्न

बिआरटीनेपाल २०७६ चैत १५ गते १६:२९ मा प्रकाशित

न्यु योर्क, संसार भरी फैलिएको कोरोनाबाट संक्रमण भई गत सोमबार मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार आज दिउसो न्यु योर्क समय अनुसार २ः३० बजे ग्रिनउड सिमेट्रीले गरेको छ । लिम्बुको लासलाई परिवारका सदस्यहरूको सहमतिमा सिमेट्रीले जिम्मा लिएर आजै एल्महस्ट अस्पतालबाट लगेर दाह संस्कार गरेको जानकारी नेपाली जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्बाङ्गले दिएका छन् ।

यस्तो सङ्क्रमणको बेला पारिवारिका सदस्य एवं अन्य समुदायका नेपालीहरूको कसैको पनि उपस्थिति नहुने हुनाले ११ सय डलर तिरेर ग्रिनउड सिमेट्र जिम्मा दिएको हो । दाह संस्कारको यो प्रक्रियालाई मेरिल्यान्ड राज्यका सांसदका डेलिगेट ह्रारी भण्डारीले सहयोगी भूमिका खेलको महासचिव मुनेन्द्र नेम्बाङ्गले बताएका छन् ।

नेपालमा पाँचथरको रानीगाउँ घर भएका अनिल १५ वर्षदेखि अमेरिकाको न्यु योर्कमा परिवार सहित बस्दै आएका थिए । गत २३ तारिख सोमबार राती उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको दुई छोरा एक छोरी र श्रीमती छन् । उनी विभिन्न सामाजिक संस्थाहरूसँग आबद्ध पनि थिए ।

प्रतिक्रिया