अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

अमेरिकामा कोरोना भाइरस सङ्क्रमित उपचारमा संलग्न नर्सको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १३ गते १४:३९ मा प्रकाशित

न्यु योर्क । कोरोना भाइरस सङ्क्रमितको उपचारमा संलग्न न्यु योर्क सिटीका एक जना नर्सको मृत्यु भएको छ ।

माउन्ट सिनाइ अस्पतालमा नर्सिङ मेनेजरका रूपमा कार्यरत किअस जोर्डन केलिको मङ्गलवार मृत्यु भएको हो । बिरामीको धैर्यताका साथ उपचार गर्ने उनी ४० नाघेका थिए । उनको मृत्युसँगै न्यु योर्क सिटीमा स्वास्थकर्मीको सुरक्षाको प्रश्न उठेको छ । ‘हाम्रो आत्मीय मित्र र सहकर्मी मृत्युले हामीलाई मर्माहत बनाएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो स्टाफ र बिरामीको सुरक्षाको प्रश्न यति महत्त्वपूर्ण कहिले थिएन । हामी उनीहरूको सुरक्षामा सम्भावित सबै कदम उठाउने छौँ ।’

न्यु योर्क सिटीमा स्वास्थकर्मीका लागि मास्क, पन्जा र गाउनजस्ता सामाग्रीको अभाव छ । न्यु योर्क सिटीमा अस्पतालमा आएका मध्ये करिब १६ प्रतिशत बिरामीलाई भर्ना गरिएको छ । त्यसमध्ये करिब २३ प्रतिशत बिरामीको आइसियूमा उपचार भइरहेको छ । न्यु योर्कमा हालसम्म कम्तीमा ४ सय ४ जनाको मृत्यु भइसकेको छ ।

Photo: AMNY

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू