अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

आवश्यकताभन्दा बढी ग्यास नथुपार्न आपूर्ति मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:४१ मा प्रकाशित

सरकारले आवश्यकताभन्दा धेरै खाना पकाउने एलपी ग्यास थुपारेर नराख्न उपभोक्तालाई आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर बजारमा ग्यासको खपत नियमितभन्दा धेरै देखिएकोले ग्यास मौज्दातमा नराख्न उपभोक्तालाई आग्रह गरेको हो ।

बजारमा आपूर्ति सहज गर्न यो महिना नियमित आपूर्तिभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास आयातको प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले विज्ञप्ति निकालेर बजारमा ग्यासको आपूर्ति पर्याप्त भएकोले माग धान्न समस्या नरहेको बताउनुभएको हो ।

मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको जनाएको छ। उपभोक्ताहरुलाई विगतमा झैँ नियमित तरिकाले वस्तुहरु उपभोग गर्न तर अनावश्यक मौज्दात नराख्न आग्रह गरिएको मन्त्रालयकी सहायक प्रवक्ता केसीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू