अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

इंग्लीश प्रिमियर लिगमा लेष्टर सिटीद्वारा एस्टन भिल्ला पराजित

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:२९ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएको छ ।गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टरका लागि जेमी भार्डी र हार्भे बार्न्सले २–२ गोल गरे । जितसँगै लेष्टर सिटीले तालिकामा तेस्रो स्थानको पकडलाई बलियो पारेको छ ।

२९ खेलबाट लेष्टरको ५३ अंक छ । समान खेलबाट ४८ अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसतिह दोस्रो स्थानमा रहेको छ ।सिटीसँग २५ अंकको फराकिलो दुरी बनाएको लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

जारी सिजनको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब बाँकी रहेका ९ खेलमध्ये तिन वटामा मात्रै जित निकाले पुग्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू