अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

चन्द्रमा यात्रामा ‘जीवनसाथी’ लैजाने भन्दै जापानी अर्बपतिद्वारा २७ हजार युवतीलाई धोका !

बिआरटीनेपाल २०७६ फागुन १७ गते ६:०४ मा प्रकाशित

केही महिना अघि जापानका धनाढय फेशन व्यवसायी युसाक मीजावाले चन्द्रमाको यात्रा गर्ने सोच बनाए । जसका लागि सामाजिक संजाल मार्फत ‘जीवनसाथी’को खोजी पनि सुरु गरे । सन् २०२३ मा स्टारसिप रकेट मार्फत चन्द्रमामा जाने योजनासहित ४४ वर्षीय युसाकले सामाजिक संजालमा विज्ञापन गर्दै आवेदनका लागि आब्हान गरे ।

उनीसँगै चन्द्रमा यात्रा गर्न २७ हजार बढी महिलाले आवेदन पनि दिए । युसाकको ‘जीवनसाथी’ बनेर चन्द्रमाको यात्रा गर्ने ती २० वर्षमाथिका अविवाहित युवतीहरुको सपना यतिबेला चकनाचुर भएको छ । उनले आफूसँग सहयात्रा गर्ने ‘जीवनसाथी’ को खोजी स्थगित गरेका छन् । गत हप्ता उनले आफूलाई ‘मिश्रित अनुभूति’ भएको भन्दै जीवन संगिनी खोज्ने योजना स्थगित गरेको घोषणा गरेका हुन् ।

तर उनी अब एक्लै अन्तरिक्ष पर्यटक बन्नेछन् । उनले ट्विटरमार्फत् सहयात्रीको खोजी नगर्ने घोषणा गरेका छन् । आवेदकमध्ये एक जना मात्रै छानिने र त्यो प्रक्रियामा ‘फूल मून लभर्स’ नामक वृत्तचित्र बनाउने उनको योजना स्थगित भएको छ ।

उनले लेखेका छन्, ‘२७,२२२ महिलाले हार्दिकतापूर्वक र साहसपूर्वक आफ्नो बहुमूल्य आवेदन दिएकोको प्रति खुशी छु । मेरो यो स्वार्थी निर्णयबारे जानकारी गराउँदा मलाई एकदमै दुःख लागेको छ ।’ २७ वर्षीया अभिनेत्री आयामे गोरिकीसँग छुट्टिएका उनले यस्तो खाले गतिविधि गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू