अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

न्यूह्यामसायरमा एभरेष्ट सेन्टिनेन्टल लायन्सको लाइनिस्टिक वर्ष २०२० को कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ फागुन १२ गते १२:१७ मा प्रकाशित

एभरेष्ट सेन्टिनेन्टल लायन्सकल्ब न्यूह्यामसायरले यही फेब्रूवरी २२, २०२० मा हुक्सेट लाइब्रेरी हुक्सेटमा एक समारोह बिच “भिजिटेसनअफ डिस्ट्रिक्ट गभर्नर लायनिस्टिक वर्ष २०२०” को एक भव्य कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नरलायन स्टिभेनले लायन्सको समाजमा भूमिका र यसको क्षेत्रबारे आफ्नो मन्तव्य राख्दै नव निर्वाचित एभरेष्ट सेन्टिनेन्टल लायन्स क्लबका पदाधिकारीहरू, लायन उमेश कोइराला- अध्यक्ष, लायन शम्भु गरूङ-उपाध्यक्ष, लायन अजय राना भाट-सेक्रेटरी, लायन एलीना कार्की-कोषाध्यक्ष, लायन ईश्वरी भट्ट-क्लब डाइरेक्टर, लायन सचिन राई-क्षत्रिय डाइरेक्टर, लायन हितमान गुरूङ्-मेम्बर चेयरहरूलाइ प्रमाणपत्र वितरण गर्नु भयो । त्यसै गरी उहाँले नव आगन्तुक लायन्स सदस्य कुमार भट्टराई-साक्षी ईश्वरी भट्ट, एलीना कार्की- साक्षी शम्भु गुरुङ, अजय रानाभाट- साक्षी उमेश कोइरालालाई शपथ तथा लायन्स विधि अनुरूप सदस्यता प्रदान गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष उमेश कोइरालाले उपस्थित सबैलाई स्वागत गर्दै ॲाउदा दिनहरूमा अझै दृढताकारसाथ काम गर्ने बताउनु भयो । त्यसै गरी क्लबका सचिव अजय रानाभाट, कोषाध्यक्ष एलीना कार्की र क्लब डाइरेक्टर ईश्वरी भट्ट, क्षत्रिय डाइरेक्टर सचिन राई र मेम्बर सिप चियर हितमान गुरुङले संस्थामा रहेर काम गर्ने प्रतिव्द्दता जाहेर गर्नु भयो ।

कार्यक्रममा अर्का दुई अतिथि लायन्स पी आइ डी एड लेसिउस र पी सी सी क्याबिनेट ट्रेजरर स्कर्ट विल्शनले कार्यक्रमको प्रक्रियामा सघाउनु भयो भने लायन्स उपाध्यक्ष शम्भु गरूङले भोट अफ थ्याङ्क प्रदान गर्नु भएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष कोइरालाले प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन्स स्टिभीनलाइ सगरमाथाको आकर्षक फ्रेम्ड चित्र मायाको चिनो प्रदान गर्नु भएको थियो। कार्यक्रममा नेपाली समाजका अग्रज अभियन्ताहरू सोम गुरुङ (अध्यक्ष एन एच यन्सी), शिव कुमार राई (नागरिकता निरन्तरता कोचेयर एन आर एन आइ सी सी), क्षेत्र कुमारी गुरुङ (एन आर एन ए बोर्ड मेम्बर), सुन्दरी गुरुङ (जनजाति समाज अध्यक्ष), लोक लामागोले, पेमा तामाज (अध्यक्ष बुद्ध समाज), टोप गुरुङ, तिलक श्रेष्ठ, मदलसा गुरुङ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सीजल र सौरभ गुरुङले सञ्चालन गरेका थिए भने क्लब डाइरेक्टर ईश्वरी भट्टले सीजल गुरुङलाई सम्मान प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया