अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

पोखरामा घाइते विद्यार्थी गिरफ्तार, कांग्रेसको आपत्ति

बिआरटीनेपाल २०७६ फागुन १२ गते ६:३९ मा प्रकाशित

पोखरामा दुई समूहबीचको विवादमा विद्यार्थी गिरफ्तार भएका छन् । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच भएको विवादमा प्रहरीले नेविसंघका विष्णु पहारी , सुमन विमली, निर्दोषविक्रम पौडेल र असिम सुवेदीलाई पक्राउ गरेको हो ।

नेपाली कांग्रेसले उनीहरुलाई संगठनबीच भएको विवाद मिलाउन क्याम्पसमा बोलाएर सुनियोजित तवरले पक्राउ गरिएको जनाएको छ । क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच झडप हुँदा दुबै पक्षका केही विद्यार्थी घाइते भएका थिए । कांग्रेसले नेविसंघका घाइते विद्यार्थिलाई प्रहरीले पक्राउ गरेको आरोप लगाउँदै उनीहरुको शीघ्र रिहाई माग गरेको छ ।

‘नेपाल विद्यार्थी संघले रोशन हमालको रिहाइको माग गर्दै निकालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनद्वारा नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुमाथि जथाभावी बल प्रयोग गरेको छ ’ कांग्रेसद्वारा सोमबार जारी विज्ञप्ति उल्लेख छ , ‘नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय भित्रै प्रवेश गरी सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेतामाथि लाठी प्रहार गरी सख्त घाइते बनाएको तथा विष्णु पहारी र सुमन विमलीलाई गिरफ्तार समेत गरेको, साथै, एक छुट्टै शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा आजै निर्दोष विक्रम पौडेल र असिम सुवेदी लगायतलाई पनि गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान ठाडो हस्तक्षेप भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू