अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा छनौट (भिडियोसहित)

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४८ मा प्रकाशित

विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली युवा दिवेश पोखरेल हलिउडको प्रस्तुतिका लागि सेलेक्ट भएका छन् । उनी शीर्ष २० स्थानमा पर्न सफल भएका छन् । काठमाडौँका पोखरेलले आइतबार राति दिएको प्रस्तुतिलाई अमेरिकन आइडलका जजहरुले प्रसंशा गरेका थिए । उनले विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि आफ्नो प्रस्तुति देखाएका थिए ।

अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो शृंखलाबाट छानिएका दिवेशको स्टेज नेम आर्थर गन हो । दिवेशले आर्थर गनको उपनामबाट स्टेजमा गाउँदै आएका छन् । दिवेशले आफ्नो परिचय दिदै गर्दा नेपालको सुन्दरतालाई पनि प्रस्तुत गरेका थिए । उनले नेपाल एकदमै सुन्दर ठाउ रहेको भन्दै सिंगो नेपालको प्रसंशा गरेका छन् । भिडियोमा बौद्ध मन्दिर तथा अन्य स्थानलाई देखाइएको छ ।

उनले आफ्नो प्रस्तुति दिन जजहरु सामु जादै गर्दा सबै जनालाई नमस्ते गरेका थिए । जज बेरीले दुई हात जोड्दै उनलाई नमस्ते फर्काएकी थिइन् । उनि ५ वर्षअघि अमेरिका पुगेका थिए। २० वर्षीय दिवेश हाल आफ्नो परिवारसहित क्यान्सस राज्यको विचिटामा बस्दै आइरहेका छन् ।

प्रतिक्रिया