अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

पराजुलीको दोस्रो साङ्गीतिक कोसेली “ओठवाली” बजारमा

बिआरटीनेपाल २०७६ माघ २९ गते ६:२० मा प्रकाशित

अमेरिका बस्ने गजलकार अग्नि पराजुलीको दोस्रो साङ्गीतिक कोसेली र पहिलो गजल “ओठवाली” भिडियो बजारमा आएको छ । सङ्गीतकार चण्डी काफ्ले, एरेन्जर साहस शाक्य र गायक राज सिक्देलको आवाजमा रहेको यो गीतमा प्रेम र रोमान्सलाई नयाँ शिराबाट देखाउन खोजिएको छ ।

बिछोडमा रहेका युवा जोडीहरूलाई परिवारको सम्झना कति धेरै हुन्छ र एक्लै समय बिताउन कति गाह्रो हुन्छ भन्ने भावलाई मनोरञ्जनको माध्यम द्वारा यस गीतमा देखाउन खोजिएको बताउँछन् गीत तथा गजलकार पराजुली । आफ्नो परिवारको भविष्यका लागि परदेशिनेहरुको सपना र श्रीमतीको इच्छालाई गीतमा समेटिएको छ ।

कलाकार दुर्गेश थापा र सोनीका रोकायाले आफ्नो अभिनयलाई बढो शालीन शैलीमा आफ्नो कला प्रस्तुत गर्नु भएको छ भने कोरस समूहले गीत लाई जीवन्त राख्न ठुलो भूमिका खेलेको छ ।

भिडियोको निर्माणमा निर्देशक गम्भीर विष्टले निक्कै मेहनत गरेको देख्न सकिन्छ |

प्रतिक्रिया