अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

राजेश पायलको भ्यालेन्टाइन गीत ‘हुरुक्कै भएँ म’ मा दयाहाङ र एलिसाको प्रेम

बिआरटीनेपाल २०७६ माघ २० गते १२:५५ मा प्रकाशित

फरवरी १४ अर्थात् भ्यालेन्टाइन-डेको पुर्वसन्ध्यामा फरवरी १ को दिन नै गायक राजेश पायल राईले प्रेममय गीत ‘हुरुक्कै भएँ म’ सार्वजनिक गरेका छन् । चर्चित गायक राजेश पायल राईको स्वर रहेको गीतमा चर्चित कवि तथा गीतकार राजन मुकारुङको शब्द, दिनेश काजी बान्तवाको सङ्गीत रहेको छ । अहिलेका चर्चित अभिनेता दयाहाङ राई र चर्चित मोडल एलिसा राईको जीवन्त अभिनय रहेको ‘हुरुक्कै भएँ म’ बोलको गीतको भिडियोमा किरण चाम्लिङ राईको निर्देशन, अनिल रानाको सम्पादन र भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन रहेको छ ।

प्रेममय गीतको भिडियोमा अभिनेता दयाहाङ राई बोल्न नसक्ने प्रेमी पात्रको रूपमा देखाइएको छ । साङ्केतिक भाषामा आफ्नो मन पर्ने पात्रलाई आफ्नो प्रेम दर्साएको भाव भिडियोमा देखाइएको छ । गायक राजेश पायल राई पनि “आवाज विहीनहरूको आवाजको रूपमा रहेको यो गीतले आफ्नो अव्यक्त प्रेम देखाउन भन्न नसक्नेहरूको लागि एउटा उपहारको अर्थात् उनीहरूको बोली बोल्ने गीतको रूपमा अर्थाउँछन् ।

दर्शन नमस्ते इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीत सार्वजनिक गरिएको छोटो समयमा नै ३ लाख ६२ हजार बढी भ्युज पाइसकेको छ ।


प्रतिक्रिया