अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

सर्लाहीका उखु किसानद्वारा अन्नपूर्ण सुगर मिलअगाडि टायर बालेर प्रदर्शन

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४६ मा प्रकाशित

गएको पुस १८ गते आफूहरुसँग सरकारले गरेको सहमति अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसानले शनिबार धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् । अन्नपूर्ण सुगर मिलले किसानलाई तीन वर्षदेखिको करिब ४० करोड भुक्तानी गर्न बाँकी रहेको छ । सरकारसँग गरेको पूर्व सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलन गर्नुपरेको उखु किसान रामविश्वास रायले बताउनुभयो।

किसानहरुले पुरानो बाँकी रकम नपाएसम्म उद्योगको मूल गेटमा धर्ना जारी राख्ने जनाएका छन् । सर्लाहीको हरिवनमा नेपाल उखु उत्पादक महासंघको बैठक बसेको छ। सरकारले उखु किसानसँग गरेको सहमति कार्यान्वयन नगरेकाले आगामी रणनीति तयार गर्न बैठक बसेको अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू