अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

गोष्ठीमा अमेरिका गएकी कालिकोटकी उपमेयर दन्ता नेपाली उतै ‘हराइन्

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:२२ मा प्रकाशित

एक गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर उतै ‘हराएकी’ छिन्। अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली त्यहाँ गइसकेपछि कुनै खबर नगरेको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जानकारी दिनुभएको छ ।

उपमेयरले अमेरिका गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर गएपछि कुनै जानकारी नगराएको मेयर शाहीले बताउनुभयो । उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी थिइन्। उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टेलिफोनमा उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएकी थिइन्। उनले बिरामी भएको कारण देखाएको तर, त्यसपछि कुनै जानकारी नरहेको शाहीले बताउनुभयो । उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताउनुभयो ।

प्रतिक्रिया