अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

अमेरिकामा जनगणना सुरु

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:२२ मा प्रकाशित

अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना सुरु भएको छ । जनगणना २०२० को सुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना सुरु भएको हो । अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक सुरुवात गरेका हुन् ।

हेरक १० वर्षमा हुने जनगणना अन्तर्गत अधिकांश क्षेत्रमा मार्चको मध्यमा गणना हुनेछ । तर अलास्कामा भने चाँडै नै गणना सुरु हुन्छ । जनवरीमा अलास्कामा हिउँ जमेर मानिस हिँड्न मिल्ने भएका हुन्छ, त्यसैले यहि बेला गणना गरिन्छ ।

अलास्काको ठूलो शहर एनकोरएजबाट ८०० किलोमिटर पश्चिममा रहेको टोक्सूक बे अति ग्रामीण क्षेत्र हो । सन् २०१० मा भएको जनगणनामा टोक्सूक बेको जनसंख्या ५९० थियो । जनसंख्या ब्युरोले सन् २०१७ मा त्यहाँको जनसंख्या ६६१ पुगेको अनुमान गरेको थियो ।

टोक्सूक बे जहिले पनि जनगणनाको पहिलो क्षेत्र भने रहेको छैन । सन् २०१० मा अलास्काको उत्तर–पश्चिमी तटीय क्षेत्र नूर्विकबाट जनगणना सुरु गरेको थियो । यस्तै सन् २००० मा अनलाक्लीटबाट जनगणना सुरु भएको थियो ।

अमेरिकाका अधिकांश क्षेत्रमा मध्य मार्चमा हुने गणनाका लागि अहिले गणकहरु चयनको प्रक्रिया जारी छ । यो पटकको जनगणनाका लागि तीन लाखदेखि पाँचलाख गणक प्रयोग हुने अनुमान छ । त्यसका लागि १८ लाखले निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू