अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

म मरिसकेपछि’ मा शिक्षिकाको प्रेममा परे पछि शिशिर भण्डारी [भिडियो]

बिआरटीनेपाल २०७६ माघ ५ गते ९:३९ मा प्रकाशित

काठमाडौँ । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द,पुस्तक प्रसादको सङ्गीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दीपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिस्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । त्यस्तै यसमा कलरिष्ट रेनिश फागो रहेका छन् ।

भिडियोमा शिक्षक र विद्यार्थीबिचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।

माया गर्नुको के अर्थ आँसु झरिसकेपछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसकेपछि जस्तो शब्दहरू रहेको यो गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ । अडियो र भिडियोमा धेरै मिहेनत गरिएको गायक गौतमले बताए । भिडियो गायक गौतमको यु ट्युब च्यानल Dinesh Gautam बाट सार्वजनिक गरिएको छ ।

नेपाली साहित्यमा पुस्तक पुस्तक प्रसाद नामले चिनिएका उनले धेरै गजलहरू लेखिसकेका छन् चलचित्र र आधुनिक करिब २०० सय भन्दा बढी गीत गाइसकेका उनको ११ वटा एल्बम आइसकेका छन् भने उनको सङ्गीतमा भारतीय गायकहरू शान र राज हसनले पनि गीत गीत गाएका छन् ।

प्रतिक्रिया