अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

अन्नपूर्ण आधार शिविरमा अझै ११ जना बेपत्ता, खोजी कार्य जारी

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०५ मा प्रकाशित

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथ प्रदर्शक अहिलेसम्म बेपत्ता रहेका छन् । उद्धारकार्य जारी रहेपनि उनीहरु सम्पर्कमा नआएको बताईएको छ । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका ९ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिनुभयो । सो क्षेत्रमा पाँचदेखि सात फिटसम्म हिउँ परेको कारण कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।

हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन्। ह्वाङ इहिन (राहदानी नं इजी ११२९६२) र छाथ स्थाउ थिङ(राहदानी नं इओ ५२५६४८०) छन्। दुईजना पुरुषमा मा क्वायन्ली (राहदानी नं इसी ३४६७१०) र एनबड जाड (राहदानी नं इ ६६८७००५) रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू