अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

माघे संक्रान्ती नजिकिंदा बजारभरी तरुलै तरुल

बिआरटीनेपाल २०७६ पुष २८ गते ८:०९ मा प्रकाशित

माघे संक्रान्ती भित्रँदै गर्दा बजारमा तरुलको बिक्री पनि बढ्दै गएको छ। पुस महिनामा पर्ने ल्होसार र माघे संक्रान्तीमा तरुल लगायत कन्दमूल खाने परम्परा अनुरुप बजारमा यसको माग बढेको हो। तरुल, सक्खरखण्ड लगायतको कन्दमूलको व्यापार पुसको अन्तिम हप्ता वर्षभरीकै बढी रहने बताईन्छ । वर्षभरीको बिक्रीको ९० प्रतिशत बिक्री यही समयमा हुने किसान तथा बिक्रेताहरुले बताएका छन् । काठमाण्डौंको कालीमाटीमा मात्रै यो वर्ष सोमवारसम्म १ हजार ८० टन तरुल भित्रिएको समितिको तथ्यांक छ।

संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार यो समयमा तरुल खाने परम्परामात्र नभएर माघे संक्रान्तीमा सूर्य उत्तरायण हुने र चन्द्रमा दक्षिणायन हुने हुँदा धार्मिक रुपमा पनि कन्दमूल खाने उपयुक्त समय भएको हो । माघे संक्रान्तीमा नदी तथा सागरमा माघ स्नान गरी कन्दमूल खानुपर्छ भन्ने धार्मिक विश्वास छ । कन्दमूल आदिवासी जनजातिसँग जोडिएको र उनीहरुको विभिन्न पर्व र नयाँ सम्बत्सर यही समयमा पर्ने हुँदा पनि तरुल खाने चलन बढी रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू