अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

मछिन्द्र क्लव ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:१३ मा प्रकाशित

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ३१ औं मिनेटमा विशाल राईले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अङ्क दिलाउनुभयो । जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले थप गोल गर्न सकेन । जितसँगै ६ खेलमा १३ अङ्क जोड्दै मछिन्द्रले अपराजित यात्रा कायम राखेको छ । जितपछि मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अङ्कले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रसँग पराजित भएसँगै जावलाखेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिगमा जावलाखेलको यो पहिलो हार हो । जावलाखेलको ६ खेलमा ९अङ्क रहेको छ । जावलाखेल पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू