अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

बोस्टनमा हिमालयन लायन्स क्लबको सम्मान कार्यक्रम

बिआरटीनेपाल २०७६ पुष २२ गते १३:४० मा प्रकाशित

बोस्टन, अमेरिकाको बोस्टनमा स्थापित नेपालीहरूको सामाजिक संस्था हिमालयन लायन्स क्लबले आइतबार एक कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब डिस्ट्रिक्ट ३३ केका गभर्नर डोन राइस र भाइस गभर्नर डा डेव वाइनीको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा हिमालयन लायन्स क्लबमा स्थापना कालदेखि संलग्न राम थापा, विष्णु कार्की, पेशल रेग्मी, राम धिताल र गोवर्धन पूजालाई लायन्स क्लबका इन्टरनेशनल प्रेसिडेन्ट डा युङ्ग युल चोइद्वारा प्रेषित “माइल स्टोन सेव्रोन अवार्ड” प्रदान गरियो ।

क्लबका अध्यक्ष पेशल रेग्मीले क्लबले स्थापना कालदेखि नै नेपालका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको र अमेरिकामा रक्तदान र आँखाको उपचार शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । कार्यक्रममा क्लबका सचिव थानी रत्न कँडेलले क्लबको राम्रा कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ कार्यक्रम ल्याउने जानकारी गराए l

लायन मान्ती साहले अतिथिको स्वागत गर्दै आगामी दिनमा क्लबलाई अझै सशक्त रूपले अघि बढाउन क्लबले गर्नु पर्ने कार्यको जानकारी गराइन । नयाँ सदस्य प्रकाश खनाल र नवीन उप्रेतीलाई क्लबको पिन प्रदान गरिएको उक्त कार्यक्रममा एक सय एक वर्षकी लायन मिलीलाई क्लबका तर्फबाट शान्त राम तामाङले सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा लायन दिनेश पाण्डे, चन्द्रबहादुर मल्ल, गोवर्धन पूजा, चन्द्रदेव मण्डललगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया