अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

सुनको भाउले राख्यो ऐतिहासिक रेकर्ड, तोलाको ७६ हजार

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:१४ मा प्रकाशित

सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । सुन हिजो तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । गएको वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनु भयो । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू