अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

ब्रुस लीको तस्बिर प्रयोग गर्ने चिनियाँ रेस्टुरेन्ट विरुद्ध मुद्दा, छोरीले मागिन् २१० करोड क्षतिपूर्ति

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:३० मा प्रकाशित

मार्शल आर्ट चलचित्र स्टार ब्रुस ली की छोरी शैनन लीले एक चिनियाँ रेष्टुरेन्टविरुद्ध मुद्दा दायर गरेकी छन्। उनले बिना अनुमति आफ्नो पिताको तस्बिर १५ वर्षदेखि उपयोग गरिरहेको आरोप लगाएकी छिन्। सोही अनुरुप लीले रेष्टुरेन्टसँग २ सय १० लाख युआन बराबर क्षतिपूर्तिको माग गरेकी छन्।

यसका साथै उनले यो रेष्टुरेन्टसँग आफ्नो पिताको कुनै सरोकार नभएकाले लगातार ९० दिनसम्म फोटो राख्नुको कारण प्रस्ट पार्न समेत माग गरेकी छिन्। शैनन हाल लस एन्जलसमा ब्रुसलि इन्टरप्राइजेज नामको कम्पनी सञ्चालन गर्छिन्।

यता, रेष्टुरेन्टले भने यतिका वर्षपछि मुद्दा हालेकोमा द्विधामा परेको बताएको छ। कम्पनीले यो मुद्दामा अध्ययन भइरहेको बताएको छ। यो रेष्टुरेन्ट सन् १९९० मा शुरु भएको हो। उक्त कम्पनीले सन् २००४ बाट ब्रुसुली जस्तै देखिने व्यक्तिको तस्बिर प्रयोग गर्दै आएको छ। कम्पनीको अनुसार देशभरका ६०० भन्दा बढी रेष्टुरेन्टको शाखा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू