अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

पुस १२ देखि १६ गतेसम्म २१ औँ पोखरा सडक महोत्सव हुने

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:१८ मा प्रकाशित

अंग्रेजी नयाँ बर्षको अवसरमा यहि पुस १२ देखि १६ गतेसम्म पोखरामा २१ औँ सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अबसर पारेर विगत २० वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ । रेवान पोखराले आइतबार काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी गराएको हो।

पोखरा लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा उक्त महोत्सव आयोजना हुने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिनुभएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि पोखरा सडक महोत्सव महत्वपूर्ण रहेको बरालले बताउनुभयो । महोत्सवमा खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहनेछन् । महोतसवमा कास्की आसपासका जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन। महोत्सवमा सातवटै प्रदेशको सांस्कृतिक झाँकीको प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

सडक महोत्सवको अवसर पारेर पोखरामा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने रेवान पोखराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू