अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) अध्यक्षमा लोक चेम्जोङ

बिआरटीनेपाल २०७६ पुष ४ गते ११:५९ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना)को सातौँ राष्ट्रिय महाधिवेशन डिसेम्बर १५, २०१९ न्यूयोर्कमा एक भव्य समारोहका बिच सम्पन्न भएको छ । उक्त अधिवेशनले आगामी कार्यकाल २०१९-२०२१ को लागि लोक चेम्जोङको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

त्यसै गरी वरिष्ठ उपाध्यक्षमा पदम बहादुर गुरुङ, महिला उपाध्यक्षमा गोमा योञ्जन, महासचिवमा नरेन्द्र थापामगर, सचिवमा टोमा लामा,  कोषाध्यक्षमा छोन्जोम छोन्जोम लामा, सहकोषाध्यक्षमा सुवर्ण कुमार शाक्य, सदस्यमा पेन्पा जेन्पा, सङ्घीय परिषद् सभामुखमा राजकुमार विष्ट,
सङ्घीय परिषद् उपसभामुखमा सूर्य श्रेष्ठ महर्जन, सङ्घीय परिषद् सदस्य सचिवमा छिरिङ राप्के लामा र सल्लाहकारमा मन कुमार राई (मणि वाङदेल)लाई चयन गरेको छ ।

फिप्नाको सातौँ राष्ट्रिय महाधिवेशनले नेपाली समुदायबिच, एकता, भातृत्व, सद्भाव र आपसी मेलमिलापको सन्देश दिएको छ । यस राष्ट्रिय महाधिवेशनले नेपाली समुदायबिचको विभिन्न सङ्घसंस्थाहरू, व्यक्तिगत र मनोगत ढङ्गले गुटगत र विभाजनतिर गइरहेको नेपाली समुदाय बिचमा आपसी एकता र सद्भाव रहेको छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ ।

नव निर्वाचित अध्यक्ष लोक चेम्जोङ:
हामी प्रवासमा छौ त्यस कारण पनि हामी अझ धेरै सङ्गठित र संस्थागत हुनुपर्ने हुन्छ । त्यसका साथसाथै हामी नेपालका आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने भएकोले हाम्रो नेपाल सरकार र नेपालको संविधान र यसको सीमाभित्र रहेर पनि नेपालको र विश्वभर रहेको नेपाली आदिवासी जनजातिहरूको हक अधिकार, संयुक्त राष्ट्रसङ्घले पारित गरेको आई एल ओ को धारा १६९ मा उल्लेखित आदिवासी जनजातिको हक अधिकारको लागिमा बहस पैरवी र आवाजहरू उठाउने सवालमा हामी अग्रपंतीमा उभिने नै छौ । अमेरिकामा क्रियाशील विभिन्न सामाजिक सङ्घ सङ्गठनहरूमा आपसी एकता, सद्भाव र सहकार्य गर्दै नेपाली समुदायको हितमा काम गर्ने सदैव तयार रहने छौ ।

प्रतिक्रिया