अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

एडिबीको नेपाललाई थप ४० अर्ब ऋण , विभिन्न ४ परियोजनामा खर्च गरिने

बिआरटीनेपाल २०७६ मंसिर २४ गते २:५७ मा प्रकाशित

एसियाली विकास बैंक (एडिबी) ले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने समझदारी गरेको छ । बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३५८ मिलियन डलर (मंगलबारको विनिमयदरअनुसार ४० अर्ब ८१ करोड) सहुलियतदरको ऋण सहयोग गर्ने समझदारी गरेको हो।

ऋण सहयोगसम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गर्नुभएको छ । एडिबीले दिएको ऋण सहायतामध्ये मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर (२२ अर्ब २३ करोड रुपैयाँ), बागमती नदीको बाढी व्यवस्थापन तथा सुधारका लागि ६ करोड ३० लाख डलर (सात अर्ब १८ करोड डलर), साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५(५ करोड अमेरिकी डलर (५.७० र ५.७० अर्ब रुपैयाँ) खर्च गरिनेछ।

अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तरोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताउनुभयो । यसमध्ये एडिबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने खनालले जानकारी दिनुभयो ।

????????????????????????????????????

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू