अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

अमेरिकि सरकारले दिएका सेनाका दुई जहाज काठमाडौँमा

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १३:४१ मा प्रकाशित

काठमाडौँ, अमेरिकि सरकारले नेपाली सेनाका लागि सहायता स्वरूप उपलब्ध गराएका दुई वटा स्काइ ट्रक शनिवार राति काठमाडौँमा अवतरण गरेका छन् । अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपत्कालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुई वटा जहाज उपलब्ध गराइएको हो ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले दिएको जानकारी अनुसार दुई वटा जहाज भारत हुँदै आइतबार राति साढे दुई बजे काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । पूर्व निर्धारित तालिकाअनुसार आइतबार बिहान काठमाडौँ अवतरण हुने कार्यक्रम रहे पनि अरू एयरपोर्टबाट उडान तालिकामा ढिलाइ नहुँदा राति नै काठमाडौँ ल्याइएको हो । यी दुवै जहाजको औपचारिक हस्तान्तरण पुस २ गते हुने कार्यक्रम छ । यी जहाज आपत्कालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग गरिने भएको छ ।

दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्ने क्षमताका छन् भने दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनी अन्तर्गतको ह्‍यांगरमा राखिएको छ ।

फोटो: अन्लाइन खबर

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू