अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

थापा र गजमेरलाई नारायणगोपाल स्मृति सम्मान, ‘गीत गंगा’ भवनको शिलान्यास

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:३७ मा प्रकाशित

अग्रज संगीतसाधकद्वय गायक जगतमर्दन थापा र वरिष्ठ संगीतकार रन्जित गजमेरलाई यस वर्षको नारायणगोपाल स्मृति सम्मानबाट सम्मानित गरिएको छ । स्वरसम्राट नारायणगोपालको २९औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नारायणगोपाल संगीत कोषले उहाँहरुलार्ई सम्मान गरेको हो ।

पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महाराजगन्जस्थित नारायणगोपालको निवास परिसरभित्र बन्न लागेको नारायणगोपाल–पेमला ‘गीत गंगा’ भवनको शिलान्यास गर्नुभयो । उहाँले गीत गंगा भवन निर्माणका लागि महानगरपालिकाले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको र आवश्यक थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालका गीत–संगीतहरु प्रस्तुत गरेका थिए । नारायणगोपाल संगीत कोषले नारायणगोपालको स्मृति दिवसका अवसरमा बर्षेनी कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया