अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

गोवर्धन पूजाका पाँच हाइकु

गोवर्धन पूजा २०७६ मंसिर १४ गते १३:०३ मा प्रकाशित


प्रेमको चिनो
सिउँदोको सिन्दूर
धारिलो छुरा !


छाल आतङ्क
बालुवाटारमा
कालो सम्पत्ति !


राहु र केतु
जाज्वल्य जताततै
हे शनिदेव !


पासो लगायो
पापी रैछ पिरती
प्रेमको जून !


मेरो दैनिकी
गुन्द्रुक अनि सातु
माटोको गन्ध !


-बोस्टन, अमेरिका