अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

गीत

गोवर्धन पूजा २०७५ माघ २४ गते ९:२१ मा प्रकाशित

यो धर्ती रहेसम्म जून तारा भएसम्म
वसन्त आएसम्म कोइलीले गाएसम्म
नगर्ने हामी भूल गरौँ आजै कबुल
नझरोस हाम्रो पिरतीको फुल

जुन बाटो हिँडे पनि जुन मोडमा पुगे पनि
ढुङ्गालाई जोड्ने माटो किनारलाई जोड्ने पानी

मनको भर तिमी जीवनको सार पनि
बनोस् हाम्रो प्रेमको नौलो कहानी

घामले पोल्दा तिमीलाई छायाले ढाक्न सकूँ
माया नै माया दिई आँखामा राख्न सकूँ
भोलिको छैन भर दैवको छैन डर
स्वर्ग झै रहोस् पिरतीको घर

चलचित्र :घायल
सङ्गीतकार महेश खड्का
गायक : राजेश पायल राई
गायिका : अन्जु पन्त