अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

सिमरन र निश्चल बने रनवे ड्रिम्स

बिआरटीनेपाल २०७६ मंसिर १४ गते ९:२८ मा प्रकाशित

काठमाडौँ । ‘रनवे ड्रिम्स २०१९’को शीर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरनले ८ प्रतियोगीलाई पछि पार्दै केटी तर्फ र निश्चलले १९ प्रतियोगीलाई पछि पर्दै केटा तर्फको शीर्ष उपाधि विजेता बनेका हुन् । कार्यक्रममा दुवै विजेताले आयोजकको तर्फबाट नगद एक लाख बराबरको विभिन्न अवसरका प्याकेज हात पारेका छन् ।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शुक्रवार अबेर साँझ थापाथली स्थित ब्लुस्टार इभेन्टसमा सम्पन्न प्रतियोगितामा केटी तर्फ दिव्या शाह फष्टरनरअप र रीना गर्सियता सेकेन्ड रनरअफ चुनिदा केटा तर्फ मनोज मान फष्टरनर अप र आभास भट्टराई सेकेन्ड रनर अप घोषित भए ।

साजसज्जा सहित भव्य रूपमा निर्माण भएको रनवे सहित फेसनमय बातावरमा आयोजित प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज २०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्याहन्ट विजेता ध्रुव बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेस अनर उज्वलकृष्ण श्रेष्ठ र संचारकर्मी श्रृजना दुवाल निर्णायक मण्डलमा रहेका थिए ।

प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रूपमा अगाडि बढाउँदै उज्ज्वल भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्य रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’ की सिइयो मञ्जु ढकालले बताइन् ।

डा.नवीन शाह निर्देशक रहेको सौन्दर्य प्रतियोगितामा फोटो जेनिक दिव्या शाह, कृतज्ञ थापा, मोष्टपपुलर सुस्मा थापा, सरोज राई, बेष्टवाक रीना गर्सियत, मनोज मान, बेष्टफ्रेण्डसिप प्रशान्त शाह, बेष्टस्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेष्टइष्टाइलिस निश्चल न्यौपाने, रचना कार्की, बेष्टफिजिक सुनिल राई, सिमरन चौधरी, बेष्टट्यालेन्ट रोशन सुनाम, रञ्जना कठायत, बेष्टफर्सनालिटी राजेन्द्र महता, रीना गर्सियत घोषित भएका थिए ।

गायक राजबाबु नेपालको गीत, रुपा राउतको नृत्य सहित साङ्गीतिक माहोलमा सम्पन्न प्रतियोगिताको सञ्चालक तथा कोरियोग्राफर रोजिन शाक्य रहेका थिए थेन्दुप शेर्पा ग्रुमर पसएनालिटीका रूपमा रहेका थिए ।

प्रतिक्रिया