अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

भारतले सीमा अतिक्रमण गरेको विरुद्धमा वासिङ्टन डिसीमा विरोध र्‍याली हुँदै

बिआरटीनेपाल २०७६ मंसिर ८ गते १०:११ मा प्रकाशित

वासिङ्टन डिसी, भारतले नेपालको कालापानी र लिपुलेक लगायत स्थानहरूमा सीमा अतिक्रमण गरेको विरुद्धमा अमेरिका स्थित नेपाली संस्थाहरूको संयुक्त मोर्चा “Nepalis for Nepal’s Territorial Integrity” “नेपालीज फर नेपालस टेरिटोरियल एन्टिग्रिटी” (नेपालको प्रादेशिक अखण्डताको लागि नेपालीहरू) ले एउटा विरोध र्‍यालीको आयोजना गर्दैछ । उक्त र्‍याली संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीको लफायत पार्कमा डिसेम्बर १४, बिहान १० बजे आयोजना गरिने भएको छ ।

मोर्चाले उक्त र्‍यालीमा भाग लिएर सहयोग गर्न अपिल गर्दै यसबाट भारतलाई नेपालीहरू आफ्नो भूमिमा भएको अतिक्रमण सहेर नबस्ने सन्देश पठाउने उद्देश्य लिएको बताएको छ । नेपाली भूमि अतिक्रमणको विरुद्ध नेपालीहरूको एकता प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै र्‍याली सम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने र यसको लागि प्रतीक्षा गर्न अनुरोध गरिएको छ ।

स्मरण रहोस् २०१५ मा भारतले नेपाल र भारतबिचको व्यापार तथा पारवहन अवरुद्ध गरेर मानवीय सङ्कट सिर्जना भएको अवस्था बारे अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने र अन्यायपूर्ण आर्थिक नाकाबन्दी अन्त्य गर्न दबाब दिने मुख्य उद्देश्यले ह्वाइट हाउस अगाडी व्यापक विरोध प्रदर्शन गरेको थियो ।

फायल फोटो

प्रतिक्रिया