अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

राष्ट्रिय कर दिवस मनाईयो, उत्कृष्ट करदाताहरु सम्मानीत

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:२१ मा प्रकाशित

राष्ट्रिय कर दिवको अवसरमा सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सरकारले सम्मान गरेको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । यस्तै दोस्रोमा डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि र चौथोमा राष्ट्रिय वाणिज्य बैंकले धेरै कर तिरेका छन् । कृषितर्फ सर्वा्धिक कर तिर्नेमा अन्नपूर्ण एग्रो रहेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्वास्थ्य शिक्षातर्फ मणिपाल नेपाल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड र सूचना सञ्चारमा वर्ल्डलिंंक कम्युनिकेसनले सबैभन्दा धेरै कर तिरेर सम्मानित भएका छन् ।

यस्तै मध्यमस्तरीय करदातामा कामना सेवा विकास बैंक र मूल्य अभिवृद्धि कर भ्याट धेरै बुझाउनेमा घोराही सिमेन्ट रहेको छ । यसैगरी सबैभन्दा धेरै व्यक्तिगत कर तिर्ने सिद्धार्थ शम्शेर राणालाई पनि विभागले सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले राज्यलाई कर तिर्दा गौरव लाग्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले नागरिकको करको सदुपयोगतर्फ पनि सरकार सचेत रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू